शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

भ्रष्टाचारविरुद्ध अझै ठुला-ठुला एक्सन लिने तयारीमा सरकार रहेको छ : प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरमे २७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध केही दिन भित्र अझै ठुला-ठुला एक्सन लिने तयारीमा सरकार रहेको बताएका छन्।

आज प्रेस सेन्टर नेपालको  १९ औँ साधारणसभा एवम्  कृष्णसेन इच्छुकको २१ औँ स्मृती दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठुला भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने  तयारी गरेको बताएका हुन्।  

उनले भने,’ केही समयभित्रै अन्य ठुलठुला एक्सन हुनेछन्, त्यो एक्सनले पार्ने तरङ्ग पनि अहिलेको जस्तै ठुलठुलो हुनेछ।’ प्रचण्डले जुन सङ्कल्पका साथ २०५१ सालमा जनयुद्धमा लागेको हो त्यही सङ्कल्पका साथ अहिले भ्रष्टाचारविरुद्धको लडाइँमा आफू नेतृत्वको  सरकार लागेको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धताकाकै जस्तो भ्रष्टाचारविरुद्धको लडाइँमा पनि कातिबेला घेरामा परिने, मारिने र दुष्मनको घातप्रतिघातमा परिने हो भन्ने टुंगो नभएको भन्दै  यो अभियानमा पनि पहिलेजस्तै लाखौँ जनताको साथ पाइनेमा आफू विश्वस्त रहेको  बताए। उनले पार्टी नेतृत्वले सुरु गरेको भ्रष्टाचारविरुद्धको लडाइँमा  एकचोटी फेरी सहयोग गर्न आम जनता र नेता कार्यकर्ताहरूलाई अपिल गरे।

तपाइँको प्रतिक्रिया