शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

काँग्रेस आलोचनाबाट डराउने पार्टी होइन : सभापति देउवा 

एएनजेड खबरमे २७, २०२३

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस आलोचनाबाट नडराउने बताएका छन्। 

आज नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रेसको आलोचनाबाट नडराउने बताएका हुन्। 

उनले भने,’प्रजातन्त्रको सुदृढीकरणका पक्षमा सबै लाग्नुपर्छ ।प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र मात्रै हो, प्रजातन्त्रको खिलाफमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ, लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्छ,’।

देउवाले भने,’ आफ्नो पार्टी आलोचनाबाट डराउँदैन ,उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउँछ  र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट डराउँदैन,’। 

तपाइँको प्रतिक्रिया