शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:१८ |सिड्नीको समय: २१:१८ |काठमाडौंको समय: १७:०३

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने 

एएनजेड खबरमे २८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। आगामी १७ जेठमा  ४ दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली जाने भएका हुन्। 

 परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाल सरकारका वरिष्ठ अधिकारीहरूसहितको टोली लिएर भ्रमणमा जान लागेका हुन्। 

 प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकारसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डले २० जेठमा समकक्षी मोदीसँग  भेटघाट गर्ने कार्यक्रम रहेको  छ। दुई देशबिच भएका छलफल र सहमतिबारे हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम समेत रहेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डलेले उद्योग वाणिज्य महासंघ नेपाल र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा  नयाँ दिल्लीमा आयोजना गरिने नेपाल-भारत शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रचण्डको प्रधानमन्त्रीका रूपमा भारतको  यो चौथो भ्रमण हो।

तपाइँको प्रतिक्रिया