आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:१६ |सिड्नीको समय: १७:१६ |काठमाडौंको समय: १३:०१

विपक्षी दलहरूको अवरोधक कारण प्रतिनिधि सभाको बैठक एक घण्टाका लागी स्थगित 

एएनजेड खबरजुन ४, २०२३

संसद् बैठकका विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

आज संसद्को बैठक सुरु भए लगतै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरूले बैठकमा नाराबाजी गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। 

तपाइँको प्रतिक्रिया