आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १६:५६ |सिड्नीको समय: १४:५६ |काठमाडौंको समय: १०:४१

प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भनेपछि संसदमा हंगामा

एएनजेड खबरजुन ५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबाट भैँसी चढेर आएको भनेपछि संसद् बैठकमा हङ्गामा भएको छ। 

 प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैँसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताए पछि सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका थिए। नेकपा माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए पछि केही मिनेट संसद् भवन भित्र दुवै पक्षबाट होहल्ला भएको थियो। 

प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैँसीमा चढेको देखाएर व्यङ्ग गरेको बताएका थिए।

विवादले चर्को रूप लिएपछि  सभामुख देवराज घिमिरेले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेपनि संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।    

तपाइँको प्रतिक्रिया