आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:३१ |सिड्नीको समय: १६:३१ |काठमाडौंको समय: १२:१६

संविधान विपरित प्रधानमन्त्रीलाई बोल्न नदिएर एमाले सांसदको संसद् बैठकमा होहल्ला

एएनजेड खबरजुन ५, २०२३

रोस्टममा उभिएर सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेका सांसदहरूले पटक-पटक अवरोध गरेका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अनावश्यक अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई बोल्न दिए पनि उनले बोलेपछि पनि एमाले सांसदहरूले प्रधानमन्त्री प्रचण्ड बोल्न थाल्दा फेरि पनि एमाले सांसदहरूले होहल्ला गरेपछि सत्तापक्षका सांसदहरू पनि विवादमा उत्रिएका थिए।

यसअघि प्रधानमन्त्रीले बोल्ने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएका थिए ।

प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु पाउनुपर्ने पटक पटक रोस्टमबाट भनेपनि एमालेले सुनेन र संसदमा चर्काचर्कीको अवस्था सुरु भयो । 

तपाइँको प्रतिक्रिया