शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा 

एएनजेड खबरजुन ६, २०२३

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार ढल्ने भएको छ। 

आज बसेको माओवादी केन्द्रको प्रदेश पदाधिकारी बैठकले कार्की नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो। 

माओवादी केन्द्रले  समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको ।  हिजो विराटनगरमा बसेको  माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादी सरकारबाट बाहिरिने निश्चित भएको थियो। 

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। 

प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।

तपाइँको प्रतिक्रिया