शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सट्टापट्टाको कुरा भएको छैन :प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरजुन ७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग  कालापानी, लिम्पियाधुरा र लिपुलेक  जमिन सट्टापट्टाको कुरा नगरेको बताएका  छन्। 

आफ्नो चार दिने भारत भ्रमणबारे आज राष्ट्रिय सभाको बैठकमा  जानकारी गराउँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन्। 

उनले भने ‘मैले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालका हुन्, यस समस्याको समाधान गर्नुपर्छ भनेको हो। भारतीय पक्षसँग औपचारिक र अनौपचारिक रूपमा मैले यस्तो कुनै प्रस्ताव गरेको छैन’।  उनले, ‘हामीले यदि बङ्गलादेशको मोडलबारे अध्ययन गरेर अघि बढ्दा ठिक हुन सक्छ। विज्ञहरूले बङ्गलादेश जाने बाटो पाए त्यो पनि समाधान हुन्छ भनेका छन् भनेको हुँ। त्यो कुरा भारत सरकारसँग राखेको होइन।’बताए। 

तपाइँको प्रतिक्रिया