शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:१७ |सिड्नीको समय: २३:१७ |काठमाडौंको समय: १९:०२

आफ्ना सांसदले देखाएको अमर्यादित हर्कत प्रति लज्जित छु : रवि लामिछाने  

एएनजेड खबरजुन ८, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफ्नो दलले देखाएको अमर्यादित हर्कत प्रति आत्मालोचना गरेका छन् । 

उनले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा भैँसी र राँगाको बेतुकको बहसमा आफ्नो सांसदहरू पनि देखिएकाले जे नहुनुपर्ने थियो त्यो भएको भन्दै आफ्नो पार्टी र सांसदहरूको तर्फबाट आत्मालोचना गरेका हुन्। 

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ ,।  उनले भने,’यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मालोचना गर्न चाहन्छु’,। 

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट आउँदा भैंसी चढेर आएको कुरा उठेको भनेका थिए । त्यस विषयमा केहीबेर संसदमा विवाद भएपछि रास्वपा सांसदले बोलेको भैंसी चढेर आएको भन्ने वाक्यांश संसदको रेकर्डबाट मेटाइएको थियो ।

आफ्नो दल नागरिकता विधेयकको विरुद्धमा नरहेको लामिछानेको भनाइ थियो। 

तपाइँको प्रतिक्रिया