शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

बजेटबारे अर्थमन्त्रीले आज राष्ट्रियसभामा जवाफ दिने

एएनजेड खबरजुन ९, २०२३

 अर्थमन्त्री डा. प्रकाशशरण महतले आज राष्ट्रियसभामा जवाफ दिने भएका छन्। आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आज बिहान साढे ११ बजे बस्ने  राष्ट्रियसभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। 

संसद् सचिवालयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानबारेको ‘सामान्य छलफल’ जारी रहने र यस क्रममा सांसदहरूले उठाएका प्रश्नमा अर्थमन्त्री महतले जवाफ दिने सम्भावित कार्यसूची बनाइएको हो।  

सरकारको तर्फबाट अर्थमन्त्रीले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए। 

तपाइँको प्रतिक्रिया