शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:५५ |सिड्नीको समय: ०२:५५ |काठमाडौंको समय: २२:४०

पार्टीमा जुझारु र युवा नेतालाई जिम्मेवारी दिन तयार छु :सभापति देउवा 

एएनजेड खबरजुन १०, २०२३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा जुझारु र युवा नेतालाई उचित जिम्मेवारी दिने बताएका छन्। 

आज नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा  बोल्दै सभापति  देउवाले योग्य र जुझारु नेताहरूलाई जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका हुन्।

उनले काँग्रेस जति सुदृढ हुन्छ त्यति नै प्रजातन्त्र बलियो हुने बताए। सभापति देउवाले  बताउँदै काँग्रेस एकजुट हुनुपर्ने बताउँदै प्रजातन्त्रमा फेरि सङ्कट आउन नदिन काँग्रेस एक ढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिए। 

उनले भने ‘काँग्रेस जति बलियो  र सक्षम हुन्छ। त्यति नै  प्रजातन्त्र सुदृढ हुन्छ र फेरि सङ्कट आउँदै, त्यसका निम्ति जिल्लाबाट सुरु भएको यो आन्दोलनले देशभरी नै सङ्गठनलाई बलियो बनाउने र पार्टीलाई बलियो पार्छ।’

देउवाले गाउँ गाउँ र घरघरमा पार्टीको उपस्थिति हुनुपर्ने भन्दै यसो गरियो भने देशभर पार्टीको सङ्गठन बलियो हुने उनको भनाइ छ। 

तपाइँको प्रतिक्रिया