शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०२:३९ |सिड्नीको समय: ००:३९ |काठमाडौंको समय: २०:२४

भारतीय कारले ठक्कर दिँदा ४ नेपालीको ज्यान गयो 

एएनजेड खबरजुन ११, २०२३

 भारतीय बजार खटिमास्थित चक्करपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ।

कञ्चनपुरको बनबासा नजिकैको बजारमा कारले स्कुटरलाई ठक्करदिंदा एकै परिवारका ४ जनाको ज्यान गएको हो । घटना हिजो दिउसो भएको हो। कार र दुई स्कुटर एक आपसमा ठोक्किएको थियो ।

 भारतीय सञ्चार माध्यमका अनुसार कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो। 

समाचार स्रोतका अनुसार उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए। स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो।

तपाइँको प्रतिक्रिया