शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०४:५५ |सिड्नीको समय: ०२:५५ |काठमाडौंको समय: २२:४०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै गोली चल्यो,एक जना घाइते 

एएनजेड खबरजुन ११, २०२३

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागु औषधका कारोबारीविरुद्ध गोली चलाएको हो। 

गोली लागेर  लागु औषधका कारोबारी विकास भगत घाइते भएका छन्। उनलाई उपचारको लागी केएमसी अस्पताल लगिएको छ।

काठमाडौँको टोलीले एक महिना अघिदेखि भारतबाट लागू औषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो ।सोही क्रममा भागत समातिएका हुन्। प्रहरीका अनुसार  लागु औषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध प्रहरीकै हतियार खोसेर प्रहार गर्न लाग्दा भागतलाई  प्रहरीले जवाफी फाइरिङ गरेको हो। 

उनको घुँडामुनि गोली हानिएको हो। भागतसङै रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।  धरान बस्दै आएका  भगतले भारतको जोगबनी नाकाबाट गिरोहका लागि डिलरका रूपमा लागू औषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाइँको प्रतिक्रिया