शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०५:४७ |सिड्नीको समय: ०३:४७ |काठमाडौंको समय: २३:३२

आगामी चुनावमा काँग्रेस एक्लै लड्छ :महामन्त्री गगन थापा 

एएनजेड खबरजुन १३, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा काँग्रेस एक्लै लड्ने बताएका  छन्।

 आज मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा  हेटौँडामा गरिएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन्। 

महामन्त्री थापाले काँग्रेस विचार प्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर,कसैसँग सम्झौता नगर्ने भन्दै आगामी चुनाव काँग्रेस एक्लै लड्ने ठोकुवा गरेका हुन। 

गठबन्धन गर्दा  पार्टीप्रतिको विश्वास डगमगाउने अवस्था आउने भन्दै थापाले जनताको निराशालाई काँग्रेस पार्टीले आगामी चुनावबाट  चिर्ने धारणा व्यक्त गरे। 

चुनावी तालमेलले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको थापाको भनाइ छ। उनले पार्टी प्रति जनताले आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने बताए। 

तपाइँको प्रतिक्रिया