आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:४४ |सिड्नीको समय: ०९:४४ |काठमाडौंको समय: ०५:२९

प्रधानन्यायाधीशमा सिफारिस कार्कीसँग आज २९ प्रश्नको सवाल-जवाफ हुँदै 

एएनजेड खबरजुन १६, २०२३

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ। 

बिहान ८ बजेदेखि  सङ्घीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिमा कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु भएको हो। कार्कीविरुद्ध समितिमा परेका २९ वटा उजुरीमा आधारित प्रश्न सोधिने छ। 

जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो। सोबमोजिम प्राप्त उजुरीमा कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ।

बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेपछि प्रश्नोत्तर कार्यक्रम हुने भनिए पनि संसद् बैठकका कारण आजलाई सारिएको थियो।

सर्वोच्चको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सिफारिस भएका कार्कीको सुनुवाइ थप एक दिन लम्बिएको हो। 

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। 

तपाइँको प्रतिक्रिया