आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:०४ |सिड्नीको समय: १०:०४ |काठमाडौंको समय: ०५:४९

काठमाडौँ महानगरपालिका भित्र हिन्दी फिल्म आदिपुरुषमाथि मेयर बालेनको रोक 

एएनजेड खबरजुन १६, २०२३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चाएसम्म कुनै पनि हिन्दी फिल्म महानगर भित्र चलन नदिने बताएका छन्।

 उनले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका हुन्। 

मेयर बालेनले जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई पुरै भारतमा सच्चाउनुपर्ने भन्दै यसका लागि महानगरको तर्फबाट तीन दिनको समय सीमा तोकेका छन्। 

मेयर साहले भने, दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौँ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

तपाइँको प्रतिक्रिया