आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १२:४३ |सिड्नीको समय: १०:४३ |काठमाडौंको समय: ०६:२८

प्रचण्डलाई भेटेपछि समाजवादी मोर्चा बनाउन डा. बाबुराम भट्टराई सहमत  

एएनजेड खबरजुन १६, २०२३

 नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा बनाउन तयार भएका छन्।  आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नयाँ दुई नेताबिच समझदारी बनेको हो। 

छलफल पछि पत्रकारसँग कुरा गर्दै  डा. भट्टराईले  ‘देशमा हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबिच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ’,।  डा. भट्टराईले भने, ‘बाहिर चलेका अनावश्यक हल्लामा नबग्न सबैसँग आग्रह समेत गरेका छन्। 

समाजवादी मोर्चा निर्माणमा कम्मर कसेर लागेका  डा. भट्टराई  पछिल्ला दिन सङ्ख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। 

तपाइँको प्रतिक्रिया