आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:३१ |सिड्नीको समय: ११:३१ |काठमाडौंको समय: ०७:१६

कार्कीलाई प्रधानन्यायाधीशमा आजै सपथ गराउने तयारी

एएनजेड खबरजुन १६, २०२३

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि आजै नै सपथ गराउने तयारी भएको छ । राष्ट्रपति कार्यालयले सपथका लागि आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ। 

सपथको लागी समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयको भनाइ छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा आजै सपथ गराउने तयारी भएको छ ।

प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरूलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ । 

तपाइँको प्रतिक्रिया