आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:३७ |सिड्नीको समय: १३:३७ |काठमाडौंको समय: ०९:२२

शरणार्थी काण्डले टोपबहादुरको सांसद पद गयो 

एएनजेड खबरजुन १७, २०२३

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न देखिएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ। 

प्रतिनिधिसभा सदस्य पदका लागी अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएपछि उनको सांसद पद गएको हो।

फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । 

प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । यस अघि कुनै पनि फौजदारी कसुरमा प्रहरीले हिरासतमा लिएपछि सांसद पास स्वतः निलम्बनमा पर्ने व्यवस्था भए पनि यसलाई संशोधन गरिएको थियो। 

तपाइँको प्रतिक्रिया