आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:०१ |सिड्नीको समय: १२:०१ |काठमाडौंको समय: ०७:४६

जेलपरेका खाँडलाई निलम्बन गर्ने वा नगर्नेबारे काँग्रेस अझै अन्योलमा 

एएनजेड खबरजुन १८, २०२३

केन्द्रीय कारागार सुनधारा जेल चलान गरिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्नेबारे नेपाली काँग्रेस अन्योलमा देखिएको छ। खाँड प्रहरी हिरासतमा रहँदा कुनै पनि निर्णय नगरेको काँग्रेसले सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारको लगाए भन्दै सिंगापुर गएको बेला खाँड जेल चलान भएपछि औपचारिक निर्णय हुन सकेको छैन।  

सभापति देउवा उपचारका लागि भन्दै सिंगापुरमा रहेको र उनी असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा निर्णय हुने काँग्रेसको प्रचार विभागले जनाएको छ। पार्टी सभापतिको अनुपस्थितिमा  देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए पनि तत्काल कुनै पनि निर्णय नहुने भएको हो। 

श्रोतका अनुसार कार्यवाहक सभापतिको  जिम्मेवारी पाए पनि उपसभापति खड्काले कुनै पनि  रिस्क लिन नचाहेकाले सभापति देउवा नफर्कँदै यस विषयमा कुनै निर्णय हुने सम्भावना देखिएको छैन। 

खाँणलाई गत २७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो भने काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि अस्ति शुक्रवार थुनामा पठाएको हो ।

काँग्रेस भित्र खाँणलाई निलम्बन गर्नुपर्ने एक थरीको माग छ भने सभापति देउवा पर्खा र हेरको रणनीतिमा देखिएका छन्। खाँड पक्राउ परेपछि देउवाले  वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक बोलाएका थिए । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए ।

सोही नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी खाँडसँगै  थुनामा पठाइएका एमाले सचिव टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ । शुक्रवार पुर्पक्षका लागि थुनामा पठाइएपछि टोपबहादुरको सांसद पद पनि निलम्बनमा परेको छ ।

तपाइँको प्रतिक्रिया