आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:३९ |सिड्नीको समय: १२:३९ |काठमाडौंको समय: ०८:२४

समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रमुख चार दल छलफलमा 

एएनजेड खबरजुन १८, २०२३

समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका प्रमुख चार दल छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार दलका शीर्ष नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन्। 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्।  नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी रहेका  छन्।

समाजवादी मोर्चा निर्माण गर्दा स्थानीय तहसम्म संयन्त्र बनाउने गरी छलफल भइरहेको बताइएको छ। असार १ गते  ६ दलको संयुक्त समाजवादी मोर्चा घोषणा गर्ने भनिए पनि तयारी नपुगेको भन्दै चार दल छलफलमा जुटेका हुन्। 

तपाइँको प्रतिक्रिया