आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

आजदेखि काठमाडौँ र पोखरा महानगरमा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक 

एएनजेड खबरजुन १९, २०२३

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै आजदेखि काठमाडौँ र पोखरा महानगरमा चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ।

काठमाडौँ महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी यस अघि नै गरेको थियो । उक्त चलचित्रमा  भएको सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौँमा चल्न नदिने तयारी गरेको  बताएको छ।

महानगरपालिकाले बिहानैदेखि हलहरूमा नगर प्रहरी खटाएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ,’ महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।

यसै गरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो।

महानगर प्रमुख धनराज आचार्यले पोखराका विभिन्न हलहरूलाई प्रसारणमा रोक लगाउन पत्र लेखेका छन्। 

तपाइँको प्रतिक्रिया