आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:५० |सिड्नीको समय: १५:५० |काठमाडौंको समय: ११:३५

माओवादी केन्द्र सहित चार दलले गरे समाजवादी मोर्चा घोषणा 

एएनजेड खबरजुन २०, २०२३

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । आज राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरू नेताहरूले  ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरेका हुन्। 

७ बुँदे घोषणापत्रमा हस्ताक्षर लगतै नेताहरूले हातेमालो गरेर खुसी मनाएका थिए।  समाजवादी मोर्चामा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

सहमति पत्रमा यस मोर्चाको नेतृत्व आलोपालो हुने भनिएको छ । नीतिगत निर्णय गर्न अध्यक्षहरू सहितको संयोजन समिति हुनेछ भने मोर्चाको सङ्गठनलाई स्थानीय तहसम्म विस्तार गर्ने पत्रमा उल्लेख छ। 

तपाइँको प्रतिक्रिया