आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:१६ |सिड्नीको समय: १७:१६ |काठमाडौंको समय: १३:०१

पुरानो काँग्रेसले होइन बदलिएको काँग्रेसले मुलुक परिवर्तन गर्न सक्छ : महामन्त्री गगन थापा 

एएनजेड खबरजुन २०, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पुरानो काँग्रेसले मुलुक परिवर्तन गर्न नसक्ने बताएका छन्।हिजो काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंं महाधिवेशनमा बोल्दै थापाले  बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्ने धारणा राखेका हुन्। 

 उनले देश बदल्न सबैभन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए।उनले भने,’ काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जानेछ,’।  काँग्रेसलाई दुर्घटनाबाट बचाउन पार्टीलाई फरक ढङ्गमा चलाउनु पर्ने महामन्त्री थापाको भनाइ छ। 

‘काँग्रेसले देश बदल्दैन भनेर युवा बिदेसिएको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्मविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ। बदलेको काँग्रेसले मात्रै देश बदल्न सक्छ,’ उनले भने, ‘काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो र ठिक भएर चलेको छ भनेर मान्ने हो भने  भने काँग्रेस दुर्घटनामा जान्छ। हामी जसरी चलिरहेका छौँ। यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ। चल्न सक्छौँ। काँग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौँ।’

उनले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए।  देशमा अफ्ठेरो परेको बेला काँग्रेसले ठिक ढङ्गले देशलाई सम्हाल्न सकेन भने देशको अर्को १० देखि १५ वर्ष जाने थापाले बताए। 

तपाइँको प्रतिक्रिया