आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १६:५६ |सिड्नीको समय: १४:५६ |काठमाडौंको समय: १०:४१

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखियो !

एएनजेड खबरजुन २०, २०२३

 राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले आज दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिए ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मङ्गलवार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो ।

मङ्गलवार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए । पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो ।

तपाइँको प्रतिक्रिया