आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १९:३४ |सिड्नीको समय: १७:३४ |काठमाडौंको समय: १३:१९

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला जाँदै थिए कानुनमन्त्री सिंह !

एएनजेड खबरजुन २१, २०२३

मन्त्री बनेपछि  पहिलो पटक गृहजिल्ला बझाङ हानिएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी हिजै ज्यान गएको छ। 

उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मङ्गलवार अपराह्न ५ बजेर ३३ मिनेटमा निधन भएको हो।

६ जेठमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह मन्त्री बनेपछि पहिलो पटक सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी चढेर निर्वाचन क्षेत्र जाँदै थिए।

झाङको केदारस्यु गाउँपालिका-१ झारछडास्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा मन्त्री पत्नी ५० बर्सिया अमृता सिंह र भाउजू ६० बर्सिया जयादेवी सिंहको बझाङको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा निधन भएको थियो।

गम्भीर घाइते भएका मन्त्री सिंह, चालक ३५ वर्षीय  धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो।

तपाइँको प्रतिक्रिया