आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १७:५० |सिड्नीको समय: १५:५० |काठमाडौंको समय: ११:३५

अदालत र सरकार भारतको गुलाम भयो, कानुन र अदालतको आदेश मान्दिन : मेयर बालेन शाह 

एएनजेड खबरजुन २२, २०२३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेश नमान्ने बताएका छन्।

 काठमाडौँ महानगर भित्र  हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन कुनै पनि हालतमा नमान्ने बताएका हुन्। 

मेयर बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफुले सरकार, कानुन र अदालतको कुनै पनि आदेश निर्देशन अस्वीकार गर्ने अडान कसेका हुन्। आज उच्च अदालत पाटनले आदेश दिएको केही बेरमा उनले सामाजिक सञ्जालमार्फत अदालतको आदेश विपरीत सामाजिक सञ्जाल मार्फत बोलेका हुन्। 

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन। फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ उनले भने, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’

हलवालाहरूको छाता सङ्गठन चलचित्र सङ्घले बुधवार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। 

तपाइँको प्रतिक्रिया