आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १८:३८ |सिड्नीको समय: १६:३८ |काठमाडौंको समय: १२:२३

सर्वोच्चले नागरिकता विधेयक कार्यान्वयनको लागी बाटो खुलायो 

एएनजेड खबरजुन २२, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको लागी बाटो खुलेको छ। 

आज सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न भनी यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने भनेपछि नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुला भएको हो। 

डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएका हुन्। २१ जेठमा न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबु आमाहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

१७ जेठमा राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपतिको कदम संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। 

तपाइँको प्रतिक्रिया