शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १३:०३ |सिड्नीको समय: ११:०३ |काठमाडौंको समय: ०६:४८

‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

एएनजेड खबरअगस्ट २३, २०२३

नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको छ।

‘पशुपति प्रसाद’को मृत्युपश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म निर्माण गरिएको छ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहाल लगायतका कलाकारले अभिनय गरेका छन्।

तपाइँको प्रतिक्रिया