शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:१६ |सिड्नीको समय: २३:१६ |काठमाडौंको समय: १९:०१

नेपाली गायिका मेनुकालाई भारतीय फिल्ममा डेब्यू गायनको मौका

एएनजेड खबरडिसेम्बर ११, २०२३

काठमाडौं । इण्डियन आईडलको जारी १४औं सीजनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी नेपालकी गायिका मेनुका पौडेलले भारतीय फिल्ममा डेब्यू गायनको मौका पाएकी छिन् ।

दश दिनपछि प्रदर्शन हुने बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘सलार’ मा आफूले पाश्र्व गायन गरेका गायिका पौडेलले नै जानकारी दिएकी छिन् ।

आइतवार राति सोनी टेलिभिजनबाट प्रसारण भएको इण्डियन आइडलको पछिल्लो श्रृंखलामा गायिका पौडेलले उक्त उपलब्धिका बारेमा जानकारी गराउँदै यो सांगीतिक करियरकै ‘टर्निङ प्वाइन्ट’ भएको उल्लेख गरेकी छिन् ।

आइतवारको इण्डियन आइडलमा मेनुकाले उक्त फिल्मका लागि गीत रेकर्डिङ गर्न गएको तथा गरिरहेका दृष्यलाई विशेष महत्वका साथ देखाइएको थियो ।

संगीतकार रवि बससुरको संगीतमा आफूले ‘सलार’ फिल्मका लागि गीत गाउने अवसर पाएको गायिका पौडेलको भनाइ छ । ‘मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु,’ उनले भनेकी छिन् ।

गायिका पौडेलले यो उपलब्धिका बारेमा इण्डियन आइडलको रंगमञ्चमा जानकारी गराउँदा कार्यक्रमका निर्णायकहरुले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया