शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:५० |सिड्नीको समय: ०५:५० |काठमाडौंको समय: ०१:३५

३० लाख रुपैंयाँ धरौटी बुझाए बालकृष्ण खाँड छुट्ने

एएनजेड खबरडिसेम्बर १४, २०२३

काठमाडौँ । उच्च अदालत पाटनले थुनामा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँडलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो खाँडको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बीचमा राय बाझिएपछि पेशी तोकिएको थियो ।

न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा राय बाझिएको थियो । उनीहरुको राय बाझिएपछि खाँड थुनामुक्त हुन सकेका थिएनन् । उनले आफू निर्दोष भएको दाबी गर्दै आए पनि राय बाझिएपछि उनी थुनामुक्त हुन नसकेका हुन् । खाँडको साथबाट बरामद भएको एउटा कागजले नै उनको सम्बन्धमा बलियो आधार पुग्ने प्रमाण भएको भन्दै न्यायाधीशबीच राय बाझिएको थियो ।

उच्च अदालत पाटनले ठगी, लिखित कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको थियो । अदालतले मंसिर १५ मा मुद्दामा थुनामा नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

तपाइँको प्रतिक्रिया