बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०१:५८ |सिड्नीको समय: २३:५८ |काठमाडौंको समय: १९:४३

गाजामा मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो, युद्ध जारी रहने

एएनजेड खबरडिसेम्बर १६, २०२३

एजेन्सी । हमास इजरायल बिचको युद्दमा १८ हजार भन्दा बढी मारिएका छन् । इजरायली सेना र सशस्त्र प्यालेस्टिनी समूहहरू बीच लडाइँ जारी छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राले गत दिन इजरायली आक्रमणमा कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

पछिल्लो अपडेट अनुसार अक्टोबर ७ देखि सुरू भएको युद्दमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको छन । ठुलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेषमुनि र सडकमा छन्,’ अलकुद्राले थपे।

यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताएका छन् ।

गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताएका हुन् ।

तपाइँको प्रतिक्रिया