शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०८:२७ |सिड्नीको समय: ०६:२७ |काठमाडौंको समय: ०२:१२

एनआरएनए विवादबारे मन्त्री साउदः तीन अध्यक्षको छानबिन रिपोर्टको प्रतीक्षामा छौं

एएनजेड खबरडिसेम्बर १६, २०२३

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद अन्त्य गरेर मिलेर जान आग्रह गरेका छन् । ११ औँ महाधिवेशन अन्तरगत निर्वाचनका क्रममा भएको विवादबारे अध्ययन गरिरहेको उल्लेख गर्दै नियम अनुसार अघि बढ्ने पनि बताए ।

युरोप भ्रमणमा रहेका मन्त्री साउदले निर्वाचनका क्रममा धाँधलीको दाबी गरिएको विषयमा मन्त्रालय तत्कालीन तीन अध्यक्षको छानबिन रिपोर्टको प्रतीक्षामा रहेको बताए । यसअघि नै अध्यक्षहरू कुल आचार्य, रविना थापा र बद्री केसीले धाँधलीबारे छानबिनसम्बन्धी रिपोर्ट पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने भनेर विज्ञप्ति जारी गरेको जानकारी मन्त्रालयमा गराएको भन्दै साउदले तर अहिलेसम्म तीन अध्यक्षले छानबिनको परिणाम नदिएको बताए ।

११ औँ महाधिवेशनमा बद्री केसीले भेरो सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरोप आरके शर्मा र महेश श्रेष्ठले लगाउँदै आएका छन् । उक्त विवादन परराष्ट्रमा विचाराधीन छ । दुई समूहले समानन्तर गतिविधि गर्दै आइरहेको छ । विवादकै बिच केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट समूहले पनि शर्मालाई अध्यक्ष बनाएर गतिविधि गर्दै आएको हो ।

विवादका विषयमा मन्त्री साउदले भने,‘निर्वाचनका सन्दर्भमा केही कमी भयो भन्ने किसिमको वक्तव्य आयो । तीन जनामध्ये दुई वटा उम्मेदवारले परराष्ट्र मन्त्रालयमा छानबिन गरिदिन भनेर आवेदन पनि आएको छ । त्यसअघि तीन वटा अध्यक्षले संयुक्त वक्तव्य निकालेर हामी यसको छानबिन गर्छौँ र छानबिन पछि परिणाम निकाल्छौँ भनेर सार्वजनिक प्रतिबद्धता जनाउनु भएको छ । त्यसको बारेमा तीन वटै अध्यक्षले छानबिनको प्रतिवेदन हामीकहाँ ल्याएको छैन ।’

तपाइँको प्रतिक्रिया