शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:११ |सिड्नीको समय: ०५:११ |काठमाडौंको समय: ००:५६

दुश्मनी गरेर कहीँ पनि पुग्न सकिदैन- केपी ओली

एएनजेड खबरडिसेम्बर १६, २०२३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताए ।

उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताए । अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उनले बताए । ।

तपाइँको प्रतिक्रिया