शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:१५ |सिड्नीको समय: १२:१५ |काठमाडौंको समय: ०८:००

चीनमा शक्तिशाली भुकम्पः मृत्यु हुनेको संख्या १ सय १६ नाघ्यो

एएनजेड खबरडिसेम्बर १९, २०२३

एजेन्सी । चीनमा शक्तिशाली भुकम्प जाँदा एकसय १६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

उत्तर पश्चिम प्रान्त कान्सुको प्रान्तीय राजधानी लाउचउबाट ९५ किलोमिटर टाढा केन्द्र विन्दु रहेको ६ दशमलव २ रेक्टरस्केलको भूकम्पमा परेर अहिलेसम्म ११६ जनाको मृत्यु भएको पुष्टि भएको हो । २२० जना घाइते भएका छन्।

रातीको समयमा भूकम्प गएकाले क्षतिको विवरण आउन ढिला भएको जनाइएको छ । भूकम्पको धक्का निकै टाढासम्म महसुस गरिएको थियो । भूकम्पबाट निजी तथा सार्वजनिक थुप्रै भवनहरु भत्किएको र अन्य भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको तीब्रता ५ दशमलव ९ रेक्टरस्केल भने पनि चिनियाँ अधिकारीहरुले ६ दशमलव २ रेक्टरस्केल भनेका छन् । भूकम्प जमिनको सतहभन्दा करीब ९ किलोमिटर तल रहेको जनाइएको छ । भग्नावशेषमा च्यापिएकाहरुको उद्धार गर्न आपत्कालीन टोली परिचालन गरिएको छ ।

तपाइँको प्रतिक्रिया