शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:०१ |सिड्नीको समय: १७:०१ |काठमाडौंको समय: १२:४६

एनसेल प्रकरण: प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न, सांसदहरुलाई प्रधानमन्त्रीको प्रश्न

एएनजेड खबरडिसेम्बर १९, २०२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएर सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गरेका छन् ।

बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ । सो क्रममा प्रचण्डलाई सांसदहरुले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा थाहा नभएको भन्दै पन्छिन खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले नै सांसदहरुमाथि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका प्रधानमन्त्रीले यस्तो प्रश्न गरेका हुन् । ‘मलाई दुवईमा भनेर सुख पाइन्छ भन्नुभयो,” प्रधानमन्त्रीको भनाई थियो, “एनसेलले दूरसञ्चार प्राधिकरणलाई सोध्ने वा आधिकारिक च्यानलमा पसेकै छैन । कसरी थाहा पाउने मैले ? त्यसो भए नेपालमै हुनुभएको तपाईं सांसदहरुले किन थाहा नपाएको ?”

एकीकृत समाजवादी०का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरे । प्रधानमन्त्रीकै परिवार सो प्रकरणमा जोडिएको भए नाटक मात्र हुने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका समिति सदस्य रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका निम्ति छुट्टै समिति किन बनाएको भन्दै प्रश्न गरे । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई नै छानबिनमा सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया