शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:२९ |सिड्नीको समय: १२:२९ |काठमाडौंको समय: ०८:१४

राष्ट्रपतिबाट सर्बोच्चमा ६ जना न्यायाधीश नियुक्त

एएनजेड खबरडिसेम्बर २०, २०२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौंडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

बुधबारनै संसदीय सुनुवाइ समितिले ६ जना न्‍यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो ।

तपाइँको प्रतिक्रिया