शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १५:२५ |सिड्नीको समय: १३:२५ |काठमाडौंको समय: ०९:१०

रुसी सेनामा कार्यरत अर्का एक नेपालीको मृत्यु, युक्रेनमा बन्दी भएकालाई रिहाइको माग

एएनजेड खबरडिसेम्बर २१, २०२३

काठमाडौं । रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो ।

मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः अनुरोध गरिएको जनाएको छ ।

यता, युक्रेनमा बन्दी बनाइएका चारजना बन्दीका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ ।

मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जानकारी छ ।

तपाइँको प्रतिक्रिया