शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: ११:२७

प्रत्येक नेपालीको टाउकोमा ८१ हजार ३ सय ६ रुपैयाँ सार्वजनिक ऋण

एएनजेड खबरडिसेम्बर २१, २०२३

काठमाडौं । नेपालमा वर्षेनी सार्वजनिक ऋण बढ्ने क्रममा देखिएको छ। हाल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड पुगेको छ। जसअनुसार प्रति नेपालीको टाउकोमा सार्वजनिक ऋण ८१ हजार ३ सय ६ रुपैयाँ थपिएको छ।

कुल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार रुपैयाँ नाघेको हो । गत कात्तिकसम्म प्रतिव्यक्ति ऋणको हिस्सा ८० हजार ८ सय १९ रुपैयाँ रहेको थियो ।

२०८० असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण २०८० मंसिरसम्ममा आइपुग्दा २३ खर्ब ७१ अर्ब पुगेको हो। जसमा आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

सरकारले आन्तरिक ऋण लिएर विदेशबाट सामान मगाउने, तलब भत्तामा खर्च गर्ने, वैदेशिक भ्रमण गर्ने गर्दा देश झन्झन् कमजोर र गरिब हुँदै गएको अर्थविद्को भनाइ छ।

तपाइँको प्रतिक्रिया