बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १२:५६ |सिड्नीको समय: १०:५६ |काठमाडौंको समय: ०६:४१

शङ्ख फुक्दै मन्त्री किराँतीको राजीनामा माग, संसद भवन घेराउको प्रयास

एएनजेड खबरडिसेम्बर २५, २०२३

काठमाडौं । सनातन धर्मावलम्वीहरु शङ्ख फुक्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा मागेका छन् ।

सनातन धर्मावलम्वीहरु शङ्ख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । मन्त्री किराँतीको बर्खास्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । संसद भवन घेराउ गर्न लागेका उनीहरूलाई प्रहरीले बानेश्वरमै रोकेको थियो ।

विरोध प्रदर्शनमा सहभागी भएकाहरूले मन्त्री किराँतीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए ।

उनीहरूले गैर जिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए ।

मन्त्री किराँतीले एक कार्यक्रममा ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भनेका थिए । त्यसपश्चात् उनको चौतर्फ विरोध भइरहेको छ ।

तपाइँको प्रतिक्रिया