शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:१८ |सिड्नीको समय: १५:१८ |काठमाडौंको समय: ११:०३

वालकुमारी घट्नापछि कांग्रेस नेता राईको आक्रोशः ‘निकम्बा र लाचार सरकार यस्तो दमन बन्द गर’

एएनजेड खबरडिसेम्बर २९, २०२३

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लाओस राईले कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको आलोचना गरेका छन् ।

शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएपछि नेता राईले सरकारको दमनविरुद्ध उत्रिनु पर्ने प्रतिक्रिया दिएका हुन् । उनले भने,‘सरकारले न युवालाई स्वदेशमै व्यवस्थापन गर्न सक्यो न त विदेश नै व्यवस्थित रुपमा पठाउन सक्यो । सरकारको लाचारी र दमन बन्द होस ।’

स्वदेशमा युवा शक्तिको सदुपयोग गरी राष्ट्र निर्माण गर्न नसक्ने, रोजगारी सृजना नगर्ने अनि विदेश जान्छौँ, पसिना बेच्छौँ भन्दा पनि गोली खानुपर्ने यो कस्तो शासन व्यवस्था हो ? लेखक समेत रहेका राईको प्रश्न छ । ‘हामीले लडेर ल्याएको शासन व्यवस्था यस्तो लाचारी कामका लागि होइन । केही दिनअघि मात्र कार्यशैली बदल्छु, फेरिन्छु भन्ने प्रधानमन्त्रीले युवाहरु बेलगाम र चरम निराशा छन भन्ने बालकुमारीको घट्नाबाट बुझुन,’ नेता राईले भने ।

नेता राई प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपुर्ति दिलाउन र पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग पनि गरे । साथै उनले स्वदेशमै रोजगारीको व्यवस्थ गर्न, सरकारी प्रक्रिया झन्झटमुक्त बनाउन माग गरे । नेता राईले राज्यको सम्पत्ति माथी आगजनी गर्नु निन्दनीय भएको बताए ।

यता, नेपाली कांग्रेसले पनि घट्नापछि दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको र सो घटनाको छानबिन गर्नुपर्ने माग राखेको छ । घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ ।

तपाइँको प्रतिक्रिया