बुधबार, जेठ २, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०५:५८ |सिड्नीको समय: ०३:५८ |काठमाडौंको समय: २३:४३

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई कडाइ

एएनजेड खबरजनवरी ५, २०२४

काठमाडौं । बेलायतले आप्रवासीको संख्या कटौती गर्न नयाँ प्रावधान अघि सारेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो पार्टनर ल्याउन बन्देज लगाएसँगै नयाँ प्रावधान अघि सारेको हो ।

नयाँ वर्ष २०२४ को शुरुवातसँगै यो प्रावधान आएको हो । बेलायतको गृह मन्त्रालयका अनुसार जनवरी १ देखि अब सीमित विद्यार्थीहरुले मात्र आफ्नो डिपेन्डेण्टलाई ल्याउन पाउने छन् । यसबाहेक अन्य विद्यार्थीहरुलाई आफ्नो डिपेन्डेण्ट ल्याउन पूर्णत बन्देज लगाइएको छ ।

जसमा बेलायतमा विद्यावारिधि अध्ययन गर्नेहरु, अनुसन्धानात्मक अध्ययनमा आधारित स्नातकोत्तर गर्नेहरु र सरकारी छात्रवृत्तिमा छ महिना भन्दा लामो अध्ययन गर्नेहरु छन् । अन्डरग्राजुयटमा सरकारी छात्रवृत्ति पाएकाबाहेक अरु विद्यार्थीलाई डिपेण्डेण्ट ल्याउन रोक लगाइएको छ ।

तपाइँको प्रतिक्रिया