मंगलबार, जेठ १, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०५:०८ |सिड्नीको समय: ०३:०८ |काठमाडौंको समय: २२:५३

विदेश अध्ययनका लागि बाहिरिने रकम ७० प्रतिशतले बढ्यो

एएनजेड खबरजनवरी ८, २०२४

काठमाडौं । पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको प्रतिवेदनहरुले देखाएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको हो ।

चालु आर्थिक वर्षको चार महिना(साउन–कात्तिक) विदेश अध्ययनका लागि बाहिरिने रकम ७० प्रतिशतले बढेर ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको गत कात्तिक महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको चार महिनामा यो शिर्षकमा २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको थियो । गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षका पाँच महिना (गत साउन देखि मंसिर १६ सम्म) ३८ हजारले ५ सय ६६ विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए ।

यद्यपि विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता लिनु नपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए । ‘विदेश अध्ययनमा जाँदा विद्यार्थीहरुले नेपालबाट पैसा मात्र लगेका हुदैनन, उनीहरुले ज्ञान आर्जन गर्छन, सीप सिक्छन, धन कमाउँछन र अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान दिन्छन । भोली आफ्नो देशको अवस्था राम्रो भएको, पर्याप्त अवसर देखेपछि नेपाल फर्किन्छन । यसकारण अहिले विदेश अध्ययन गर्नेले धेरै पैसा बाहिर लगे भनेर चिन्ता गर्नुपर्दैन ।’

तपाइँको प्रतिक्रिया