बिहीबार, माघ ३, २०८१ |Thu Jan, 2025
अक्ल्याण्डको समय: १२:२४ |सिड्नीको समय: १०:२४ |काठमाडौंको समय: ०५:०९

विदेश जानेलाई ऋण दिने व्यवस्था मिलाउन निर्देशन

एएनजेड खबरजनवरी ९, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले नै ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेश जानलाई मिटरब्याजी र दलालबाट ऋण लिँदा युवाहरु ठगिएको भन्दै प्रधानमन्त्रीले सरकारले नै ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनु भन्दै उनले भने, ‘श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला।’

तपाइँको प्रतिक्रिया