शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

पाँच वर्षदेखि गुमनाम ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

एएनजेड खबरजनवरी १०, २०२४

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बम्जनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

केही समयअघि देखि निगरानीमा रहेका उनलाई मंगलबार पक्राउ गरेर ल्याइएको सिआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । सर्लाही अदालतले २०७६ माघमा पहिलोपटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तपाइँको प्रतिक्रिया