शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:१६ |सिड्नीको समय: २०:१६ |काठमाडौंको समय: १६:०१

६ खर्ब बढी रेमिट्यान्स भित्रियो

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत मुलुकमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २७.६ प्रतिशतले बढेको राष्ट्र बैंकको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यसअनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ। मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

‘अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख १५ हजार ९ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

तपाइँको प्रतिक्रिया