शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाः बालकको रूपमा ठडिए श्रीराम

एएनजेड खबरजनवरी २२, २०२४

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गरेका छन् ।

स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो । प्राण प्रतिष्ठापछि आरती गरिएको छ ।

गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायत पनि साथमा रहेका थिए । दिउँसो २ बजेदेखि ७ बजेसम्म अतिथिहरुले भगवान् रामको दर्शन गरिरहेका छन् ।

पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । मोदी यी दिनमा जहाँ जहाँ गए पूर्ण अनुष्ठानको पालना गरेका थिए । दान दिएका थिए । भजन सुनेका थिए । मोदीले जस्तै ६ जोडीले पनि यसरी नै अनुष्ठान गरेका थिए ।

स्थानीय समयअनुसार बिहान ५ बजेदेखि नै मन्दिरको ढोका खुलेको थियो । बिहान १० बजेदेखि मंगल ध्वनि बज्न शुरु भएको थियो । आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिइएको थियो । करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो ।

राम मन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा भएको रामललाको मूर्ति पाँच वर्ष उमेरको रहेको छ । यो ५१ इन्च अग्लो मूर्ति रहेको छ । त्यस्तै कालो रंगको छ ।

श्रीराम पाँच वर्षको बालकको रूपमा कमलमा विराजमान भएका छन् । कमल फूलसहितको मूर्तिको उचाइ ८ फिट रहेको छ । भारतमा अहिलेको युगमा ५ वर्षको बच्चाको उचाइ ४३ देखि ४५ इन्च मानिने भए पनि जुन युगमा रामको जन्म भएको थियो, त्यतिबेला सर्वसाधारणको औसत उचाइ निकै बढी थियो । त्यसैले ५१ को शुभ अंकलाई हेर्दा उनको उचाइ ५१ मानिन्थ्यो।

तपाइँको प्रतिक्रिया