शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

१ करोड ८० लाख रुपैयाँ मेरो खातामा छैन् : रवि लामिछाने

एएनजेड खबरजनवरी २२, २०२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो निजी खातामा १ करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गरे ।

सभापति लामिछानेले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताए । उनले आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताए ।

सोमबार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो विरुद्धमा समाचार लेखिएको र निजी खातामा १ करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे ।

सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गरे ।

तपाइँको प्रतिक्रिया