शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

‘अनलाइनबाट आवेदन, हुलाकबाट नेपाली पासपोर्ट डेलिभरी’

एएनजेड खबरजनवरी २३, २०२४

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ ।

उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ ।

छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।

परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदले भने, ‘‘यसबाट पासपोर्ट सेवालाई पनि दुरुस्त बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ । राष्ट्रिय परिचयपत्र बनाइसकेकाका हकमा विदेशमा भएपनि राजदूतावासमा नगईकनै पासपोर्ट उपलब्ध गराइने छ ।’

तपाइँको प्रतिक्रिया