शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:५० |सिड्नीको समय: १९:५० |काठमाडौंको समय: १५:३५

छतबाट हाम फालेका व्यवसायीको मृत्यु

एएनजेड खबरजनवरी २४, २०२४

काठमाडौं । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए ।

उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया